चारदेशीय सिरिजमा नेपाल तेस्रो

काठमाडाैं | मंसिर ३, २०८०

चारदेशीय सिरिजमा नेपाल तेस्रो

काठमाडौं:   हङकङमा जारी महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल तेस्रो भएको छ । 

 

जापानलाई ४५ रनले हराउँदै नेपाल प्रतियोगितामा तेस्रो बनेको हो । 

 

नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो ।

 

जापानकी अकारी निशिमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चन्देलले ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 

नेपालकी संगिता राई, इन्दु वर्मा, सिता राना मगर, खुसी डंगोल, सोनी पाख्रिनले समान एक एक विकेट लिए । 

 

सुरुआती ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतीमा १ सय १५ रन बनाएको थियो । 

 

पुजा महतोले ४३ रन बनाएको इनिङ्समा रोमाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाईन् । कप्तान इन्दुरी वर्माले १२, सिता राना मगरले ५ रनको योगदान दिईन् । काजल श्रेष्ठ ३ तथा अश्मिना कर्मचार्य २ रनमा अविजित रहिन् । 

 

जापानकी अहिल्या चन्देल, एरिका टोगुनी क्विन र अयुमी फुजिकावाले समान एक एक विकेट लिईन् । 

 

चारदेश सम्मिलित सिरिजमा नेपालले तान्जानिया र हङकङसँग पराजित भएको थियो ।  

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्